काठमाडौंमा नेपाल–चीन सैन्य अभ्यास

पत्रपत्रिकाबाट

शुक्रबार, १३ भदौ २०७६, ०७ : ३१
काठमाडौंमा नेपाल–चीन सैन्य अभ्यास

काठमाडौं । नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास बुधबार काठमाडौंमा सुरु भएको छ। यसलाई सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ भनिएको छ। यो अभ्यास भदौ २४ सम्म चल्नेछ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास सुरु भएको पुष्टि गरे। ‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच नियमित सैन्य तालिम हो’, सैनिक प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने, ‘सैन्य कूटनीतिलाई दरिलो बनाउन नेपाली सेनाले अन्य मुलुकका सेनासँग पनि संयुक्त रूपमा विभिन्न तालिम गर्दै आएको छ।’

नेपाली सेनाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सैन्य अभ्यास सुरु गरिएको हो। विशेष बाहिनीसँगै भक्तपुरको नगरकोटमा हुने तालिम सञ्चालन हुनेछ। दुवै मुलुकका महासेनानीको नेतृत्वमा २२र२२ जना सहभागी छन्।

प्रतिक्रिया दिनुहोस