पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ मा

पत्रपत्रिकाबाट

शुक्रबार, १३ भदौ २०७६, ०७ : २९
पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ मा

काठमाडौँ । बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र  मोदीले संयुक्त रूपमा सो पाइपलाइनको उद्घाटन गर्नेछन् । 
पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते ‘हाइटेक’ प्रविधिबाट सो पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने मिति तय भएको जानकारी दिए । 
उद्घाटनपछि उक्त पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुने जानकारीसमेत उनले जनाए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस