२० प्रतिशत डाउन पेमेन्टमा विद्युतीय गाडी

पत्रपत्रिकाबाट

शुक्रबार, १३ भदौ २०७६, ०७ : ०९
२० प्रतिशत डाउन पेमेन्टमा विद्युतीय गाडी

काठमाडौँ । नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरुले सस्तो ब्याजदरमा सवारी कर्जा ल्याएका छन् । ९ देखि १० प्रतिशतको हाराहारीमा सहुलियत दरमा कर्जा योजना ल्याएका हुन् । 
विद्युतीय गाडीका लागि नबिल, एभेरेस्ट, एनएमबी, सानिमा, लक्ष्मीलगायत बैंकले अन्य गाडीका तुलनामा विद्युतीय गाडीको ब्याजदर नै घटाएका छन् । 
नेपाल राष्ट्रबैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेपछि सबै बैंकले २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्ने उल्लेख गरेका छन् । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस