वीर अस्पतालको ‘सेवा दस्तुर’ बढाइँदै

पत्रपत्रिकाबाट

शुक्रबार, १३ भदौ २०७६, ०७ : ०५
वीर अस्पतालको ‘सेवा दस्तुर’ बढाइँदै

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको शुल्क बढाउने तयारी गरेसँगै बिरामी मर्कामा पर्ने निश्चित भएको छ । 
अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने तयारी थालेको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए । 
उनले भने, ‘विगत ५ वर्षदेखि अस्पतालले प्रदान गर्ने सेवामा मूल्य बढेको छैन । समयसापेक्ष सेवा शुल्क समायोजन गर्ने तयारी गरेका छौंँ ।’ राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस