काठमाडौँ । राजपा अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले शुक्रबार बोलाएको राजनीतिक समितिको बैठकलाई लिएर पार्टीभित्र विवाद बढेको छ ।
सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरदसिंह भण्डारीले सहमति विपरित बोलाइएको बैठक अवैधानिक हुने बताएका छन् । सदस्य यादवलाई अनिल झाको मात्रै समर्थन रहेको छ ।
समाजवादी पार्टीसँग एकीकरण चलिरहेको बेला त्यसलाई बिथोल्ने नियतबाट समितिको बैठक बोलाइएको असहमत पक्षको भनाई छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १२ भदौ २०७६, ०८ : २७
लेखकबाट थप