किन उर्लियो रवि लामिछानेको पक्षमा जनलहर ?

पत्रपत्रिकाबाट

विहीबार, १२ भदौ २०७६, ०७ : ३१
किन उर्लियो रवि लामिछानेको पक्षमा जनलहर ?

काठमाडौँ । आत्महत्या दुरुत्साहको कसुरमा जिल्ला अदालत चितवनमा ५ लाख धरौटी बुझाएर छुटेका टेलिभिजनकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे । 

सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे । 

बुधबार काठमाडौं फर्किएका लामिछानेलाई पछ्याउनेको भीड पनि उस्तै थियो । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका उनलाई पछ्याउनेको संख्या कसरी यति धेरै भयो ? रविलाई पछ्याउने प्रशंसकमात्रै हुन् वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो ? 

राजनीतिकशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक सञ्जालको माध्यमबाट जोडिएका र त्यसैले रविलाई पछ्याएको समूहलाई सामान्य ठानेर नदरअन्दाज गर्न मिल्दैन । 

‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परमपरागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतको रुपमा बुझ्न सकिन्छ’ उनले भने । 

खनालको बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइका छन्, जबकि नयाँ पुस्ता प्रविधि, सञ्चार र सामाजिक सञ्जाल सम्पर्कले बदलिसकेका छन् । कान्तिपुरमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस