यातायातमन्त्रीकै गाडीमा ‘ह्वील लक’

पत्रपत्रिकाबाट

विहीबार, १२ भदौ २०७६, ०६ : ५०
यातायातमन्त्रीकै गाडीमा ‘ह्वील लक’

काठमाडौं । सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाल भौतिक पूर्वाधार तथा यातायात मन्त्तालय हो । सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको भेटिएपछि कारबाहीमा परेको छ । 
मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झण्डावाला गाडी बुधबार ट्राफिक प्रहरीको कारबाहीमा परेको हो । 
नयाँ बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखिएको उक्त गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरिदिएको हो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस