सहकारीको थोक कर्जामा ब्याज घटाउन दबाब

पत्रपत्रिकाबाट

बुधबार, ११ भदौ २०७६, ०८ : २७
सहकारीको थोक कर्जामा ब्याज घटाउन दबाब

काठमाडौं । सरकारले सहकारीको ब्याजदरमा सीमा तोकेसँगै सरकारीलाई थोक कर्जा उपलब्ध गराउने संस्थाहरुलाई पनि ब्याजदर घटाउन दबाब परेको छ । 
कर्जामा ब्याजदर घटाउनु परेपछि संस्थाहरुले ऋण लिएको थाक कर्जा प्रदायक संस्थाहरुलाई पनि ब्याजदर घटाउन माग गर्न थालेका हुन् । 
अहिले सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक, विषयगत सहकारी केन्द्रीय संघका साथै होलसेल कर्जा प्रवाह गर्ने तीन वटा लघुवित्त संस्थाहरुले ऋण प्रवाह गर्दै आएका छन् । ती संस्थाहरुको ब्याजदर उच्च हुँदा संस्था सञ्चालन गर्न नसकिएको भन्दै त्यसलाई पछि घटाउनुपर्ने प्रारम्भिक संस्थाहरुले दवाव दिएका हुन् । कारोबार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस