नेपाल ४–१ गोल अन्तरले विजयी

मंगलबार, १० भदौ २०७६, १८ : ०२
नेपाल ४–१ गोल अन्तरले विजयी

काठमाडौं– पाँचौं चरणको १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसीपअन्तर्गत बंगलादेशसँगको खेलमा नेपाल ४–१ गोल अन्तरले विजयी भएको छ ।

भारतको कल्याणीमा जारी प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालको जीतमा कृषन यादवको ठूलो योगदान रह्यो । कृषन एक्लैले २ गोल गरे । यस्तै, सुगन जिमी र प्रदिप लम्सालले १–१ गोल गरे ।

आजको जीतसँगै नेपालको फाइनल पुग्ने संभावना बलियो बनेको छ ।

अबको खेल नेपालले बिहीबार भुटानसँग खेल्ने छ । नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान छन् ।

प्रतिक्रिया दिनुहोस