मलको अनुदान घटाउँदै सरकार

पत्रपत्रिकाबाट

मंगलबार, १० भदौ २०७६, ०८ : २३
मलको अनुदान घटाउँदै सरकार

काठमाडौँ । सरकारले किसानलाई दिँदै आएको मल अनुदान करिव २० प्रतिशतले घटाउने तयारी गरेको छ । मागअनुसार आपूर्ति सँधै कम भएपछि अनुदान घटाएर आयात परिमाणमा जोड दिन लागिएको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार मल अनुदानको विषयमा अध्ययन गर्न कार्यदल गठन भएको थियो । कार्यदलले दिएको सुझावको आधारमा अनुदान घटाइन लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस