१५ प्रतिशत विद्यालय मात्र पठनपाठनयोग्य !

पत्रपत्रिकाबाट

मंगलबार, १० भदौ २०७६, ०६ : ४८
१५ प्रतिशत विद्यालय मात्र पठनपाठनयोग्य !

काठमाडौँ । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले २४ जिल्लाका एक हजार ९९९ वटा विद्यालयमा गरेको कार्यसम्पादन परीक्षणपछि करिब ८५ प्रतिशत विद्यालय पठनपाठन गर्न अनुपयुक्त भएको निष्कर्ष निकालेको हो । गोरखापत्र दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस