आचार्य बालकृष्णलाई कसले खुवायो विष ?

पत्रपत्रिकाबाट

मंगलबार, १० भदौ २०७६, ०६ : ४१
आचार्य बालकृष्णलाई कसले खुवायो विष ?

काठमाडौँ । गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली गोगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ । 

नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवको मुख्य सहयोगी छन् । पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् । 

कृष्ण जन्माष्टीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा  उनी अचानक विरामी परेका थिए । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
 

प्रतिक्रिया दिनुहोस