केटीले कट्टु तान्दिएपछि

पत्रपत्रिकाबाट

सोमबार, ०९ भदौ २०७६, २० : ०६
केटीले कट्टु तान्दिएपछि

काठमाडौं । पुरुषले महिलालाई यौन दुव्र्यवहार गरेको घटना जति पनि सुनिन्छ। यौन शोषणदेखि बलात्कार प्रयाससम्मको घटना मिडियामा दिनदिनै आउँछ। तर, केटीले केटाको त्यसरी नै शोषण गरेको खबर, औैँसीपुर्ने हो, कहिलेकाहीँ सुनिन्छ। 

यस्तै दुर्लभ आरोप अमेरिकी गायिका केटी पेरीले खेपेकी छिन्। मोडल तथा अभिनेता जोस क्लोसले केटीले एउटा सुटिङका क्रममा आफ्नो ट्राउजर तानिदिएर झण्डै नांगै पारेको आरोप लगाएका छन्। जोसका अनुसार सन् २०१० मा उनीहरू केटीको ‘टिनएज ड्रिम’को सुटिङ गरिहेका थिए तर केटीले त्यहाँ सबै क्रिउको अगाडि जोसको ट्राउजर तानिदिएकी थिइन्।

अनि, अर्को पटक त उनले जोसको कट्टुसमेत तान्दिएर गुप्तांग नै देखाइदिएको समेत जोसले गुनासो गरेका छन्। उनले भनेको सत्य हो भने केटी कहाँ केटी रहेछिन् र ? केटाभन्दा चर्को रहेछिन्। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस