पलको फिल्ममा पाँच दर्शक

पत्रपत्रिकाबाट

आइतबार, ०८ भदौ २०७६, २१ : ५५
पलको फिल्ममा पाँच दर्शक

काठमाडौं । स्टार हिरोको नाम लिँदा अनमोल केसी र प्रदीप खड्कापछि पल शाहको नाम आउँछ। उनलाई निर्माताले फिल्ममा लिन १५ देखि २० लाख खर्चंदै आएका छन्। उनले अभिनय गरेको पछिल्लो फिल्म ‘हृदयभरि’मा निर्माताले उनलाई १८ लाख तिरेका थिए। तर, यिनै स्टारको एउटा फिल्म हेर्न जम्मा पाँच जना मात्र दर्शक आएको कुरा यतिबेला उद्योगमा भाइरल छ। यद्यपि, यो अवस्था नेपालको होइन, जापानको हो र फिल्म चाहिँ ‘वीरविक्रम २’ हो। 

नेपालमा खासै नचलेको फिल्म लिएर मिलन चाम्स अहिले विदेशमा छन्। बेलायत, जापान, हङकङलगायत देशमा फिल्मको विशेष सो भइरहेको छ। यही सिलसिलामा पल शाह पनि जापानमा फिल्म देखाउन भनेर पुगेका थिए। त्यहाँको राम्रै हल बुक पनि गरिएको थियो।

फिल्मको सोमा पल शाह उपस्थित हुने हल्ला पनि चलेकै थियो। तर, जब फिल्म हेर्ने बेला भयो, दर्शक देखेर निर्मातको दिमाग चकरायो। पल आउने चर्चाका विपरीत फिल्म हेर्न दर्शक भेला भएका थिए, जम्मा पाँच जना। गुदी होइन, पैसा हेरेर फिल्म खेलेपछि यस्तै हुन्छ। अब त पलको चेत खुल्ला कि ? सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस