रवि लामिछानेसहित तीन जनालाई अदालत लगियो, म्याद थप्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १२ : ०५
रवि लामिछानेसहित तीन जनालाई अदालत लगियो, म्याद थप्ने तयारी

चितवन । रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालत लगिएको छ । 
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी लामिछानेसहित न्यूज २४ मा कार्यरत पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अदालत लगिएको हो ।

उनीहरुलाई आज विहानै दश बजे नै उनीहरुलाई अदालत पु¥याइएको हो । पाँच दिनको अनुसन्धान र बयानपछि छैठौं दिनमा अदालत उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए । उनीहरुलाई म्याद थप्ने तयारी भएको स्रोतले जानकरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस