भरतपुरको चितवन मोबाईल हाउसमा आगलागी, ६० लाखको क्षति

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, १२ : ०७
भरतपुरको चितवन मोबाईल हाउसमा आगलागी, ६० लाखको क्षति

चितवन । भरतपुर महानगरपालिका ३ नारायणगढ लायन्सचोकमा रहेको चितवन मोबाईल हाउसमा आगलागी भएको छ । आगलागीबाट पसलमा रहेको सम्पुर्ण मोबाईल, चार्जर लगायतका सामान जलेर नष्ट भएको छ । 

पसलका सञ्चालक गोविन्द भट्राईले आगलागीबाट ६० लाख बराबरको क्षति भएको बताए । आगलागी के कारणले भएको भन्नेबारे पत्ता नलागे पनि विद्युत सट भएर भएको हुनसक्ने उनको अनुमान छ । 

राति ९ बजेबाट लागेको आगो भरतपुर महानगरपालिकाको दमकल, स्थानिय र प्रहरीको सहयोगमा एक घण्टा लगाएर नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पसल सञ्चालक गोविन्दका अनुसार उनको पसलमा यसअघि ३ महिना पहिले चोरी पनि भएको थियो । प्रहरीको विटसँगै टासिएको उनको पसलमा चोरी गर्ने पत्ता लाग्न नपाउदै आगलागी भएको दुखेसो पोखेका छन ।
 

प्रतिक्रिया दिनुहोस