नेकपा सचिवालय बैठक : झलनाथ खनाल तेस्रो बरियतामा

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, २० : ५८
नेकपा सचिवालय बैठक : झलनाथ खनाल तेस्रो बरियतामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले तेस्रो बरियतामा नेता झलनाथ खनाललाई बनाएको छ । यो निर्णयसँगै हाल तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झरेका छन् । 

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा ल्याउने निर्णय गरेको हो । यो निर्णयसँगै बरियता घटुवामा परेका नेता नेपालले असन्तुष्टि जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस