सर्वदलिय बैठकको निर्णय : हुलहुज्जत र अवान्छित गतिविध गर्न रोक (विज्ञप्तिसहित)

प्रहरी प्रशासनलाई अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, १८ : ५७
सर्वदलिय बैठकको निर्णय : हुलहुज्जत र अवान्छित गतिविध गर्न रोक (विज्ञप्तिसहित)

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्षविपक्ष नभनी शान्ति कायम गर्न र प्रहरी प्रशासन अनुसन्धानमा सहयोग पु¥याउन सबैलाई सबै राजनैतिक दलको तर्फबाट अपिल गर्ने निर्णय गरेको छ ।
पुडासैनी मृत्यु प्रकरणले चितवनमा तनाव निम्तिएपछि आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा सर्वदलिय बैठक बसेको थियो ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको बैठकले दैनिक जीवनमा असर पुग्ने गरी न्याय सम्पादनमा असर पुग्न नदिने गरी हुने तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्न सहयोग पु¥याउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस