आइएमई लाइफइन्स्योरेन्सले मनायो दोस्रो वार्षिकोत्सव

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, १७ : ५१
आइएमई लाइफइन्स्योरेन्सले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको व्यावसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्तअवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा शुभकामना मन्तवय दिँदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले वीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताउनु भएको छ । चालु आ.व.२०७६/७७ मा थप शाखा विस्तार गरी वीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने जानकारी गराउनुभयो । 

कम्पनीले नियमनकारी निकाय श्री बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताउनुभयो । साथ,ै आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यस काकर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरी भर्खरै श्री बीमा समितिवाट स्वीकृती प्राप्त नयाँ जीवनबीमालेख “आइएमई सामूहिक सावधिकबोनस सहितको जीवनबीमा योजना” सार्वजनिक ग¥योे । 

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीवन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आकर्षक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराउनुभयो ।
सञ्चालन भएदेखि नै कम्पनीको सफलतामा हरतरहले सहयोग दिनुहुने नियमनकारी निकाय श्री बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरु प्रतिकम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा समेत सोही किसिमले सहयोग गर्नुहुने विश्वास लिएको व्यहोरा जनाएको छ ।

व्यवसाय सुचारु भएको दोस्रो वर्षसम्ममा कम्पनीले देशका सातै प्रदेशका विभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरी वीमा सेवा पु¥याउँदै आएको छ । कम्पनीले यस आर्थिक वर्ष २०७६/७७मा थपशाखा/उपशाखाहरु विस्तार गरी वीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा रु. ९१ करोड वीमाशुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस