१७ जना डाक्टरलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको अनुमति

बुधबार, १७ माघ २०७४, १६ : १२
१७ जना डाक्टरलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौ । अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतकाका न्यायाधीश  राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर  अनुसन्धान गर्न अनुमती दिएको हो ।
गत सोमबार  प्रहरीको केन्द्रिय अनुसन्धान  ब्युरो (सिआइबी) काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई  पक्राउ गरेको थियो।  नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा  सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो  ।

राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए  ।

विदेशी डाक्टर नेपालमा अभ्यास गर्न मेडिकल काउन्सिलको अनुमती लिनुपर्छ। उनीहरुले कसैले पनि मेडिकल काउन्सिलबाट अनुमती लिएका छैनन्। ठगी मुद्धामा अनुसन्धान गर्नको  लागि उनीहरुको म्याद थप गरिएको  बताइएको छ । 

प्रतिक्रिया दिनुहोस