‘अरुलाई अपराधी भन्यौ, आफूलाई अब के भन्छौ रवि ?’ (भिडियोसहित)

सफल खबर संवाददाता

शनिबार, ३२ साउन २०७६, १७ : ०५
‘अरुलाई अपराधी भन्यौ, आफूलाई अब के भन्छौ रवि ?’ (भिडियोसहित)

काठमाडौं । आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीको भिडियो रेकर्डको आधारमा सञ्चारकर्मी रविब लामिछानेलाई यतिबेला प्रहरीले अनुसन्धानको लागि हिरासतमा लिएको छ । उनीसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको छ । पत्रकार पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्ने काम भएको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएपछि उनका समर्थक नारा जुलुस गरिरहेका छन । यस्तै भिडियो प्रकरणमा लामिछानेले भने अपराधी नै करार गर्नुभएको पाइएको छ ।

घटना हो आबुधावीको । अबुधाबीमा नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ परे । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । मृतक अष्टमीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा साइमनले बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड पाईएको थियो । रबि लामिछानेले आफ्नो कार्यक्रममा त्यही रेकर्ड अनुसार बोल्नुभएको थियो ।

‘आत्महत्या गरेको भनेर बसेको परिवारको लागि मोवाइलमा रेकर्ड भएको भिडियो देवदुत बनेर आएको छ । आफ्नो सुपरभाइजरले बलात्कार गरेको खुलासा गरेकी छन । जस्ले के प्रष्ट पार्छ भने उनले आत्महत्या गरेकी होइनन । यदि आत्महत्या नै गरेकी हुन भने पनि त्यो आत्महत्या गर्न बिवस पारिएको थियो, अर्थात यो एक हत्या थियो,’ रविको भनाई थियो । रविले अपराधी करार गरेका साइमन काजीलाई युएईको अदालतले निर्दोष सावित गरेको थियो ।

हेर्नुहोस्, भिडियो

प्रतिक्रिया दिनुहोस