वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

सफल खबर संवाददाता

विहीबार, ३० साउन २०७६, ०८ : ३७
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । ९७ वर्षको उमेरमा उनको बिहीबार निधन भएको हो । ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृतिका लेखक हुन् दिक्षित ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । दीक्षितको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनका आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस