ट्रकको ठक्करबाट पुल भाँसिएर अवरुद्ध भएको राजमार्ग डाइभर्सनबाट खुलाइयो

सफल खबर संवाददाता

बुधबार, २९ साउन २०७६, १३ : ४६
ट्रकको ठक्करबाट पुल भाँसिएर अवरुद्ध भएको राजमार्ग डाइभर्सनबाट खुलाइयो

नवलपुर । नवलपरासीको अरुणखोलाको पुलमा ट्रक ठोक्किँदा पुल  भाँसिएर अवरुद्ध भएको सडक खुलाइएको छ ।मध्यविन्दु नगरपालिका- ११  मा पर्ने  पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध भएको थियो । उक्त खोलामा डाइभर्सन बनाइ यातायात सुचारु गराइएको प्रहरीले जनाएको छ ।

बुधबार विहान ४ बजे पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एक साईडमा ठक्कर दिँदा पुलमा क्षति पुगेसँगै पुल भाँसिएर राजमार्ग अवरुद्ध बनेको थियो ।

पुल भाँसिएको कारणले सो पुलबाट सवारी साधन चल्न रोक लगाइएको छ भने ती सवारी साधनहरु खोलामा डाइभर्सन बनाइ पठाइएको छ । पुलमा ठुलो क्षति पुगेकाले पुलको मर्मत गर्न केही दिन लाग्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस