सिके राउतले काठमाडौंमा केन्द्रीय कार्यालय खोल्दै

विदेशमा रहेका सिके राउत भदौं १ मा स्वदेश फर्केर सोही दिन कार्यालय उद्घाटन गर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, २९ साउन २०७६, ०८ : १२
सिके राउतले काठमाडौंमा केन्द्रीय कार्यालय खोल्दै

काठमाडौं । सप्तरी – १ का प्रत्यक्ष निर्वाचत सांसद् सूर्यनारायण यादवले अप्रत्याशित राजीनामा दिएपछि त्यहाँ राजीनामा स्वीकृत भए उपचुनावमा सिके राउतको चर्चा शुरु भएको छ ।

भर्खरै मुलधारको राजनीति स्वीकार गर्ने शर्तमा सरकारले राउतसँग सम्झौता गरेपछि उनले आफनो खुल्ला राजनीति गतिविधि अगाडी बढाउन थालेका छन् ।

उनले आफ्नो राजनीति अगाडी बढाउनकै लागि निर्वाचन आयोगमा जनमत पार्टी दर्ता गराईसकेका छन । अहिले विदेशमा रहेका राउतको पार्टीले जनकपुरमा केन्द्रीय कार्यालय र काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालयको सम्र्पक कार्यालय खोल्ने तयारी गरेका छन् ।

काठमाडौंमा यही भदौं १ गते उक्त सम्र्पक कार्यलयको उद्घाटन गर्ने तयारी सिके राउतको पार्टीले गरेको छ । सोही दिन राउत मध्यान्ह काठमाडौं उत्रने र ज्ञानेश्वरको सम्र्पक कार्यालय उद्घाटन गर्ने गरी तयारी भएको छ ।

सिकेसँग अति निकट सम्बन्ध भएका सूर्यनारायणको सप्तरी १ मा राजीनामा र सरकारले १४ मंसिरमा गर्न लागेको उपचुनाव सँगै सिकेले बढाउन थालेको राजनीतिक सक्रियताले कतै सप्तरीमा सिके राउत उपचुनावमा लड्न खोजेका हुन् की भन्ने आशंका चुलिएको छ ।

सिके निकट नेताहरुले यो विषयमा कुनै टिप्पणी गरि नहालेपनि यादवको राजीनामा स्वीकृत भयो भने त्यसपछि मात्र उपचुनावका विषयमा पार्टीले छलफल गर्ने सिकेका निकट सम्बन्ध भएका नेता अब्दुला खाणले बताए । 

प्रतिक्रिया दिनुहोस