सर्वाेच्चले राष्ट्र बैंकको निर्देशिका उल्टयायो, उमेर पुगेर पद गुमाउनुपरेका सबै सिइओ र सञ्चालकको जागिर जोगियो

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, १९ : १०
सर्वाेच्चले राष्ट्र बैंकको निर्देशिका उल्टयायो, उमेर पुगेर पद गुमाउनुपरेका सबै सिइओ र सञ्चालकको जागिर जोगियो

काठमाडौं । सर्वोच्चले नेपाल राष्ट्र बैंकको निर्देशिका उल्ट्याएको छ । यो सँगै उमेर पुगेर पद गुमाउनुपरेका सबै सिइओ र सञ्चालकको जागिर जोगिएको छ । 

नेपाल राष्ट्र बैंकले साउन २० गते परिपत्र जारी गर्दै सिइओ र सञ्चालकको उमेर हद तोकेको थियो । सो सँगै प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायादाश मानन्धरको पद स्वतः गुमेको थियो ।  
राष्ट्र बैंकको उक्त निर्णय कानुन विपरित भएको भन्दै मानन्धरले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । मानन्धरको उक्त मुद्दाको पक्षमा सर्वोच्च अदालतले आजै फैसला सुनाएको हो । प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको सिइओको उमेर हद तोक्नु ऐन विपरित भएको ठहर गरेको छ । सर्वाेच्चको यस ठहरसँगै उमेरका कारण कुनै पनि सिइओ र सञ्चालकको जागिर नजाने भएको हो ।

अदालतले राष्ट्र बैंकलाई १५ दिनभित्र त्यस्तो निर्णय गर्नुको लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस