एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता

मंगलबार, २८ साउन २०७६, १७ : ०८
एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता

काठमाडौं  । एन आई सी एशिया बैंक लिमिटेड र रुपन्देही स्थित मर्सि सिटी हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।

सम्झौतामा एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस