वन उपभोक्ता र काठ तस्करको मिलेमतोमा ७९ रुख काटियो

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, १७ : ०१
वन उपभोक्ता र काठ तस्करको मिलेमतोमा ७९ रुख काटियो

दीपक भट्टराई 
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका  ५ धुरकोटमा वन उपभोक्ता समूहका सदस्य र काठ तस्करको मिलोमतोमा  अवैध रूपमा  सालका रूखसहित विभिन्न जातका ७९ वटा रूख काटिएको छ ।  

पूर्वपश्चिम राजमार्ग दुम्कीबासबाट २० किलो मिटर उतरमा रहेको धुरकोटमा उपभोक्ता समितिका सदस्य, स्थानीय र काठ तस्करको मिलोमतोमा ताल देवी सामुदायिक वनमा अवैध रूपमा रूख काटिएका हुन् ।

 अवैध रूपमा रूख फडानी भइरहेको सूचनाको आधारमा कारबाहीका लागि  डिभिजन वन कार्यललय नवलपुरबाट डिभिजन वन अधिकृत पुणेश्वर सुवेदीको टोली पुगेको खबर पाएपछि काठ तस्करको टोली भागेका छन् ।  

अवैध रूपमा वन फाडानीमा संलग्नहरूको खोजी  भइरहेको र संलग्न हरूलाई कानुनअनुसार कारबाही गरिने डिभिजन वन कार्यलय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस