स्वयम्भुमा गोली चलाएर प्रहरीले दुई युवालाई नियन्त्रणमा लियो

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, १३ : ५३
स्वयम्भुमा गोली चलाएर प्रहरीले दुई युवालाई नियन्त्रणमा लियो

काठमाडौं । काठमाडौंको स्वयम्भुमा गोली चलाएर प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा गोली हानेर दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लोप्साङ भनिने विजय लामा र अमृत तामाङ रहेका छन् । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए । अमृत तामाङ पनि रामेछाप स्थायी घर भएका व्यक्ति नै हुन् ।

महानगरीय अपराध महाशाखाका अनुसार लोप्साङलाई घुँडामुनि गोली लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले दुई राउन्ड गोली चलाएको चलाएर पक्राउ गरेका हो ।

प्रहरीका अनुसार गोली लागि घाइते भएका लोप्साङ तामाङ भन्ने मिलनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रुपैयाँ मागेका थिए । उनले मागेको रकम नदिए अध्यक्षकी छोरीको ज्यानै लिने धम्की समेत दिएका थिए । तामाङको यस्तो धम्कीपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको र त्यही उजुरीका आधारमा शुक्रबार स्वयम्भुको विजेश्वरीमा प्रहरीले तामाङको समुहलाई भेटाएको थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा तामाङ भाग्न खोजेपछि गोली चलाइएको हो । 

प्रतिक्रिया दिनुहोस