भारतीय राजदुत किन पुगे सुटुक्क मुस्ताङमा ?

भारतीय राजदुत मञ्जिवसिंह पुरी को अर्थपूर्ण मुस्ताङ भ्रमण

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, १० : ००
भारतीय राजदुत किन पुगे सुटुक्क मुस्ताङमा ?

काठमाडौैं । भारतीय राजदुत मञ्जिवसिंह पुरी मुस्ताङ पुगेका छन् । उनी आज बिहान सुटुक्क मुस्ताङ पुगेका हुन् । कुनै औपचारिक जानकारी बिनै उनी आज बिहान एकाएक मुस्ताङ पुगेका हुन् ।

आगामी डिसेम्बरसम्म कार्यकाल रहेका पुरी अन्य राजदुत जस्तो विवादमा आएका छैनन् । तर उनले  निक्कै माइक्रोमेनेजमेन्टका आधारमा नेपालको राजनीति, यसको भौगोकिल अवस्था र अन्य विविध पक्षका बारेमा अध्ययन गरेको जानकारहरु बताउँछन् ।

भारतमा मोदी सरकारले जम्मु कश्मिरमा लद्धाखलाई अलग प्रदेश बनाउने र केन्द्र शासिन बनाउने निर्णय गरेपछि विश्व राजनीति रंगमञ्चमा नया तरंग गईरहेको छ । त्यसको लागि अन्तराष्ट्रिय समर्थन जुटाउन भारतीय पक्षले जोड गरिरहेको छ ।

भारतमा नरेन्द्र मोदी दोश्रो कार्यकालका लागि सरकारमा आएपछि नेपालमा भारतीय पक्षको उच्चस्तरीय भ्रमण भएको छैन । भारतीय पक्षको निकट दिनमै उच्चस्तरीय भ्रमणको तयारीमा भित्री रुपमा अहिले भारतीय राजदुतावास लागिरहेको छ ।

भारतीय राजदुतावासले बेला बेला मुस्ताङ भ्रमणलाई रणनीतिक महत्व दिदै आएको छ । उसले खासगरी नेपालको उत्तरी छिमेकी मुलुक चिनलाई सर्तक गराउनु प¥यो भने यस्तो भ्रमणहरु गर्ने गरेको देखिन्छ । कश्मिर मामलामा अहिले चीनले भारत सरकारको निर्णयप्रति आपत्ति जनाएको थियो ।

चीन स्वसासित तिब्बत मामिलामा पश्चिमा राष्ट्रहरुको उक्सावटमा भारतले पनि फ्रि तिब्बतवालाहरुलाई साथ र सहयोग गरिरहेको चीनको ठम्याई छ । त्यसकारण पनि नेपालको मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा हुने कुटनीतिक भ्रमणहरुलाई चिनले सम्वेदनशील रुपमा लिने गर्दै आएको छ ।

यही क्रममा कुनै औपचारिक कार्यक्रम बिनै भारतीय राजदुत पुरी मुस्ताङ पुगेपछि भने धेरैलाई किन पुगे पुरी मुस्ताङ भन्ने प्रश्न जन्माईदिएको छ । उनलाई त्यहाका स्थानिय जनप्रतिनिधीले स्वागत गरेका छन् । उनको भ्रमणको उदेश्य खुल्न सकेको छैन । उनको मुस्ताड भ्रमण कति दिनको हुने पनि केही खुलाईएको छैन । 

प्रतिक्रिया दिनुहोस