काठमाडौं । धादिङको त्रिशूली नदीमा सर्लाहीबाट आउँदै गरेको बस आज बिहान खस्दा मत्यु भएका तिनै जना एकै परिवारका सदस्य रहेको खुलेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, मृत्यु हुनेमा सर्लाही जिल्ला ब्रम्हपुरी गाउपालिका ४ का राजनारायण रौनियारको परिवार रहेको खुलेको हो ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा परी रौनीयार, उनकी श्रीमति शोभा रौनियार र भतिजा शौरभ रौनियार रहेको प्रहरीले जनाएको छ ।
घटनामा परी एक दर्जन घाइते भएका छन भने केही अझै हराईरहेका छन् । हराएकाहरुलाई त्रिशुली नदीले बगाएको हुन सक्ने आशंका प्रहरीको छ ।
बस बिहान ३ बजेर ३० मिनेटको आसपास त्रिशुलीमा खसेको हो । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ ।
उद्धार गरिएका घाइतेको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०७६, ०८ : ४६
लेखकबाट थप