प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बियो, आइतबार मात्र स्वदेश फर्किने

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, ०७ : २२
प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बियो, आइतबार मात्र स्वदेश फर्किने

काठमाडौं । स्वास्थ्य उपचारका लागि गत साउन १८ मा सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री केपी ओलीको भ्रमण लम्बिएको छ । उपचारका क्रममा परिक्षण गरिएका मध्येका केही रिपोर्ट अझै आईनसकेका कारण आइतबार सम्म प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बाईएको उनको सचिवालयले जनाएको छ ।

सिंगापुरमा ओलीको मिर्गाैला र रगत परिक्षण लगायतका परीक्षण गरिएको थियो । ओली आजै स्वदेश फर्किने पूर्व निर्धारित कार्यक्रम थियो ।

चिकित्सकहरुको परामर्शमा उहाँ अब आइतबार मात्र स्वदेश फर्किनुहुन्छ, प्रधानमन्त्री का प्रेस सहयोगी चेतन अधिकारीले बताए ।

ओलीको १२ वर्ष अगाडी मिर्गाैला प्रत्यारोपण गरिएको थियो । अहिले मिर्गाैला पून प्रत्यारोपण गर्न मिल्ने नमिल्ने भन्ने बारेमा उनको चिकित्सकहरुसँग पून छलफल चलिरहेको स्रोतले बताएको छ ।

सिंगापुरको नेसनल युनिभर्सिटि अस्पताल (एनयुएच)मा प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस