त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु, २५ वेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, ०६ : ५५
त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु, २५ वेपत्ता

काठमाडौं । एकाबिहानै धादिङको त्रिशूली नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । बस बिहान ३ बजेर ३० मिनेटको आसपास त्रिशुलीमा खसेको हो ।

प्रहरीका अनुसार अहिले सेना, प्रहरीसहितको टोलीले उद्धार गरिरहेका छन् । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ । उद्धार गरिएका घाइतेको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस