जेल जाने भइन् कोयना

पत्रपत्रिकाबाट

विहीबार, १६ साउन २०७६, २१ : ०४
जेल जाने भइन् कोयना

एजेन्सी । आफ्नै साथीसँग सापट लिएको पैसा फिर्ता नदिएर पछि ब्यालेन्स नै नभएको चेक दिएर झुक्याउँदा भारतीय अभिनेत्री कोयना मित्रा ६ महिना जेल बस्नुपर्ने भएको छ।

उनले मोडल पुन सेठीलाई तीन लाखको चेक दिएकी थिइन् तर चेक बाउन्स भयो। बाउन्स भएपछि राठीले प्रहरीमा उजुरी गरेकी थिइन्। त्यही केसमा अदालतले उनलाई जरिवानासहित ६ महिना कैदको फैसला गरेपछि अहिले उनी लुकेर बसेकी छन्।

अब बदमासी गरेपछि जति लुके पनि सुख कहाँ पाइन्छ र ! ढिलो चाँडो उनको जेल यात्रा त पक्का छ। - शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस