विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटि भंग

पत्रपत्रिकाबाट

विहीबार, १६ साउन २०७६, ०७ : ०७
विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटि भंग

काठमाडौँ । चन्द  समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।

केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर खुला मोर्चामा पठाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस