पोस्टरमा बिक्लिन् त सन्नी ?

पत्रपत्रिकाबाट

बुधबार, १५ साउन २०७६, २० : ५९
पोस्टरमा बिक्लिन् त सन्नी ?

फाईल फोटो

काठमाडौँ । दुई करोड खर्चेर लन्डनमा खिचेको नेपाली गीतले तहल्का पिट्ने अपेक्षा थियो होला, ‘पासवर्ड’का निर्माता–निर्देशकलाई। तर, दुइटा नेपाली फिल्म खिच्ने पैसा एउटै गीतमा खन्याए पनि गीतको चाइँचुइँ चर्चा छैन। सन्नी लियोनले सेयर गरेपछि गीत केही दिन त ट्रेन्डिङमा आएको पनि थियो तर युट्युब ट्रेन्डिङमा आएका सबै गीत राम्रा हुन्छन् भन्ने कहाँ छ र ? 

तर, ‘पासवर्ड’ निर्माताको सन्नीप्रतिको भरोसा यत्तिमै सकिएको छैन। उनीहरूले फेरि पनि सन्नीको टाउको राखेर फिल्मको वैतरणी पार गराउने योजना छाड्न सकेका छैनन्। 

सोमबार निर्माण युनिटले फिल्मको पोस्टर सार्वजनिक गर्यो। फिल्ममा मुख्य कलाकार अनुपविक्रम शाही र विक्रम जोशी त पोस्टरमा अटाएका छन् नै, पोस्टरमा सन्नी पनि छुटेकी छैनन्। जबकि निर्माताले उनलाई एउटा आइटम गीतमा मात्र नचाएको

बताएका थिए र आइटम गर्ललाई सितिमिति पोस्टरमा स्थान दिइन्न। त्यसमाथि सन्नी त गीतमै बिक्न धौ–धौ परेको थियो। अब गीतमा नबिकेकी सन्नी पोस्टरमा बिक्लिन् त ? सुम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस