काठमाडौँ । भदौं ६ गते रिलिज हुने नेपाली चलचित्र ‘जाइरा’ को आइटम गीत रिलिज भएको छ ।
शुक्रबार इन्टरनेटमा रिलिज भएको ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत पुरानो चलचित्र ‘मनको बाँध’ मा रहेको गीतको रिमेक हो । उक्त चलचित्रमा रहेको गीतमा मीरा राणाको स्वर थियो ।
यो गीतमा गीतकार किरण खरेलले शब्द लेखेका छन् भने शिव शंकरको संगीत रहेको छ । जाइराका लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डीजे राजुले रिएरेन्ज गरेका छन् । अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १५ साउन २०७६, २० : ३८
लेखकबाट थप