भानुजयन्तीको अवसरमा साहित्यकारहरु सम्मानित

सफल खबर संवाददाता

शनिबार, २८ असार २०७६, १८ : ४८
भानुजयन्तीको अवसरमा साहित्यकारहरु सम्मानित

चितवन । २०६ औँ भानुजयन्तीको अवसरमा ३ जना साहित्यकार सम्मानित भएका छन् । चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरको संमुक्त आयोजनामा आयोजित कार्यक्रमममा साहित्यकारहरु भुपिन, पुष्प अधिकारी ‘अञ्जली’ र बालकृष्ण थपलिया सम्मानित भएका हुन् । 

वरिष्ठ साहित्यकार प्रा.डा. निर्मोही व्यासको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा रु ५० हजार ४५ नगद राशीसहित आख्यानकार भुपिनको उपन्यास मैदारोलाई चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार– २०७५ अर्पण गरिएको थियो । 

त्यस्तै साहित्यकार पुष्प अधिकारी ‘अञ्जली’लाई नगद रु ११ हजार ४५ सहित चिसाप प्रतिभा सम्मान– २०७६ र बालकृष्ण थपलियालाई चिसाप साहित्य सम्मान– २०७६ प्रदान गरिएको छ । 

स‍ोही कार्यक्रममा कवि केशव मोहन अधिकारीको एजेरु कवितासङ्ग्रह विमोचन गरिएको थियोे ।  

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आयोजित कार्यक्रममा नारायणी कला मन्दिरको तर्फबाट सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । साहित्यकार केदारनाथ खनालले आदिकवि  भानुभक्त आचार्यको वाङ्मयिक योगदानबारे चर्चा गर्नु भएको थियो भने कविहरु गोविन्दराज विनोदी, प्रेमविनोद नन्दन, सरिता तिवारी, प्रकाशबाबु खनाल, सुचित्रा बम, सरला जोशी, डी डी शर्मा, शान्ति शर्मा लगायतले कविता वाचन गर्नु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस