भानुभक्तको योगदानको स्मरण

शनिबार, २८ असार २०७६, १६ : ४७
भानुभक्तको योगदानको स्मरण

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा २०६औँ भानुजयन्ती विशेष कार्यक्रममा आदिकवि भानुभक्तको योगदानको स्मरण गरिएको छ ।

कार्यक्रममा नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तको उल्लेखनीय योगदान रहेको वक्ताहरूको भनाइ थियो । समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तलाई सम्झेर पृथ्वीनारायण क्याम्पसको भानुपार्कबाट वाङ्मयिक यात्रा शुरु गरेको संस्थाले पहिलो कार्यक्रम पनि भानुजयन्ती विशेष राखेको जानकारी दिनुभयो ।

प्राज्ञ रमेश श्रेष्ठले आदिकवि कहिल्यै नअस्ताउने सूर्य भएका कारण उहाँकोे योगदान अतुलनीय भएको धारणा राख्नुभयो । प्राध्यापक डा रविलाल अधिकारीले माक्र्सवादीहरूले भानुभक्त आचार्यलाई हेर्ने दृष्टिकोणमा हाल उल्लेख्य रूपमा परिवर्तन आएको स्मरण गर्नुभयो ।

प्राध्यापक डा विष्णुप्रसाद पौडेलले भानुको सम्झनामा हुने कार्यक्रम औपचारिकताका लागि श्राद्ध गरेजस्तो गर्नुभन्दा सिर्जनात्मक रुपमा आयोजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्राडा लेखनाथ अधिकारी, प्राडा कुसुमाकर न्यौपाने, डा यमनाथ तिमिल्सिना, डा जगन्नाथ रेग्मी, संस्थाका सचिव मदन भण्डारी, कोषाध्यक्ष असफल गौतमलगायतले भानुभक्त र नेपाली वाङ्मयका विविध पक्षबारे बोल्नुभएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस