Safal Khabar - युवा विद्यार्थीद्वारा मन्त्री पण्डितलाई दुर्व्यवहार, अंगरक्षकले जोगाए पण्डितलाई
मङ्गलबार, ०७ साउन २०७६ (Tuesday, 23 July, 2019)
युवा विद्यार्थीद्वारा मन्त्री पण्डितलाई दुर्व्यवहार, अंगरक्षकले जोगाए पण्डितलाई
शुक्रबार, २७ असार २०७६, १२ : ४०
युवा विद्यार्थीद्वारा मन्त्री पण्डितलाई दुर्व्यवहार, अंगरक्षकले जोगाए पण्डितलाई

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथी दुर्व्यवहार भएको छ । शुक्रवार आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर मन्त्री पण्डितमाथी  दुर्व्यवहार गरेका हुन् ।

ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् । सो बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए ।

भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए । लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर् लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले ।

बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले बताए । मन्त्रीमाथि अपमान र हुलदंगा भएपछि बैठक स्थगित भएको आयोजकले बताएका छन् ।


 

प्रतिक्रिया दिनुहोस