त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लियो विमान, अन्तर्राष्ट्रिय विमानहरु आकाशमै होल्ड

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, ११ : ५६
त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लियो विमान, अन्तर्राष्ट्रिय विमानहरु आकाशमै होल्ड

काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।
नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । धवनमार्गमा विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । जसका कारण आकाशमा ४ वटा अन्तर्राष्ट्रिय विमानहरु होल्डमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस