माडीमा बाढी, माडी–ठोरी सडक खण्ड अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, ११ : ११
माडीमा बाढी, माडी–ठोरी सडक खण्ड अवरुद्ध

चितवन । चितवनको माडीमा बाढी गएको छ । निरन्तरको वर्षाले माडी नगरपालिका वडा नं.३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा बाढी गएको हो ।

बाढी गएसँगै माडी–ठोरी सडक खण्ड अवरुद्ध भएको छ ।  बिहान ८ः३० बजेदेखी आएको बाढीले माडी–ठोरी सडक खण्ड  भएर चल्ने सवारी साधनबीचमै रोकिएका छन् । 

प्रतिक्रिया दिनुहोस