मन्त्रीलाई सँगै राखेर प्रधानमन्त्रीले आज सचिवलाई निर्देशन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, ०८ : ०२
मन्त्रीलाई सँगै राखेर प्रधानमन्त्रीले आज सचिवलाई निर्देशन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्री र सचिवहरुलाई एकै ठाँउमा राखेर निर्देशन गर्ने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ मा गरेका कामका सम्बन्धमा सचिवहरुको वार्षिक विफ्रिङ पछि आज निर्देशन मन्तब्य राख्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।

हिजो ६ घण्टा लगाएर मन्त्रीलाई पनि सँगै राखेर सचिवहरुमार्फत प्रधानमन्त्रीले मन्त्रालयगत प्रगति समिक्षाका बारेमा विफ्रिङ लिएका थिए ।

पछिल्लो चरण प्रधानमन्त्री ओली केही मन्त्री र सचिवहरुसँग रुष्ट छन् । खासगरी भारत लगायत तेश्रो मुलुकबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षणका सन्र्दभमा सरकारको चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका छन् ।

भारतीय दुतावासले परराष्टलाई सम्बोधन गरी लेखेको पत्रका विषयमा आफुलाई समेत जानकारी नदिई भित्रभित्रै कुटनीतिक सम्वाद थालिएको र सरकार निर्णयबाट पछि हट्दा भारतीय दबाबका कारण हटेको देखिन पुगेपछि प्रधानमन्त्री आक्रोशित भएका हुन् ।

तर उनले विषादी परीक्षण स्थगित गर्न भारतीय पक्षले लेखेको पत्रका विषयमा आफुलाई जानकारी नभएको र त्यसमा क्षमायाचना नै सार्वजनिक मञ्चबाट गरेका थिए । यो विषयमा पनि प्रधानमन्त्री ओलीले आज मन्त्री र सचिवलाई सँगै राखेर कडा निर्देशन दिने सम्भावना रहेको उनी निकट स्रोतले बतायो ।

सचिवहरुको निर्देशनात्मक मन्तब्य सुनेका प्रधानमन्त्री ओलीले अबको क्याविनेटबाट विषादी प्रकरणमा जोडिएका सचिवहरुका विषयमा पनि केही स्टेप चाल्न सक्ने सम्भावना बढेर गएको स्रोतले बतायो ।

प्रधानमन्त्री भारतीय पत्र, विषादी प्रकरणमा कृर्षि र उद्योग आपूर्ति तथा वाणिज्य र स्वंम प्रधानमन्त्री कार्यालयका सचिवसँग पनि सन्तुष्ट छैनन् । 

प्रतिक्रिया दिनुहोस