पत्रकार काफ्ले सम्मानित

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, २० : ५०
पत्रकार काफ्ले सम्मानित

चितवन । पत्रकार विप्लव काफ्लेलाई माडी नगरपालिकाले सम्मान गरेको छ । माडीका सकारात्मक सूचना एवम् समाचार सम्प्रेशणमा खेलेको भूमिकाको कदर गर्दै तेस्रो नगरसभाको समापन कार्यक्रममा उनलाई नगद सहित सम्मान गरिएको हो । प्रदेश सांसद रामलाल महतो, मेयर ठाकुरप्रसाद ढकाल र उपमेयर ताराकुमारी काजी महतोले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

 पत्रकार काफ्ले ०६५ सालदेखि पत्रकारितमा क्रियाशिल छन् । उनी कायाकैरन दैनिकका समाचार सम्पादक तथा कारोबार राष्ट्रिय आर्थिक दैनिकका चितवन संवाददाता हुन् । उनी विगतमा रेडियो त्रिवेणी, युनिक च्यानल, क्रिष्टल टेलिभिजन, अभियान टेलिभिजन, लोकतन्त्र सन्देश, चितवन खबर, रेडियो नारायणीमा समेत समाचार शाखामा काम गर्थे ।

माडीका सम्भावना र चूनौतीबारे निरन्तर कलम चलाउँदै आएका छन् । प्राप्त गरेको नगद १० हजारमा २ हजार थप गरि उनले नगर शिक्षा कोषलाई आर्थिक सहयोग गरेका छन् । माडी नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पढाउन सहयोग गर्ने गरी स्थापना भएको कोषमा हालसम्म १ लाख ५० हजार जम्मा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस