कुमार पौडेल हत्याकाण्डबारे गृहको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, ११ : ५०
कुमार पौडेल हत्याकाण्डबारे गृहको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याकाण्डमा सरकार निक्कै आलोचित भईरहेको छ । अचम्म त के छ भने यो प्रकरणलाई काग्रेसले आफ्नै पार्टी एजेण्डा जसरी संसद र संसदीय समितिहरुमा सरकारमाथी आक्रमणको मसला बनाईरहेका छन् ।

संसद देखि समितिसम्ममा सरकारले उक्त हत्याकाण्ड दोहोरो मुठभेडमै भएको जिकिर गरिरहेको छ । तर पनि हत्याकाण्डमा विश्वस्त हुन सक्ने अवस्था नरहेको भन्दै छानविन गर्न सांसदहरुले गृहमन्त्री रामवहादुर थापा (बादल)लाई प्रेसर बढाएका थिए ।

त्यसपछि थापाले पनि यो हत्याकाण्डमा छानविन समिति बनायो । संसदको राज्य ब्यवस्था समितिले एक हप्ताभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि गृहले गत असार १० मा छानविन समिति बनाएको थियो ।

गृहमन्त्रालयका उपसचिव दिपकराज नेपालको संयोजकत्वमा सशस्त्र प्रहरीका उपरीक्षक नेत्रकुमार खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक पन्यु शर्मा र गृहका कानुन अधिकृत भोजराज दाहाल रहेको छानविन समिति बनाएको थियो । उक्त समितिले अहिले प्रतिवेदन तयार पारेको प्रतिवेदन बारे गृहमन्त्री थापाले संसदलाई जानकारी गराएका थिए । उक्त छानविन समितिले पनि पौडेल हत्या जवाफि कारवाहिमै भएको प्रतिवेदन दिएको छ ।

प्रतिपक्षी काग्रेसले यो प्रतिवेदनमा पनि चित्त बुझाएको छैन । उसले संसदीय समिति नै गठन गर्न माग गरिरहेको छ । सत्तारुढ नेकपाले भने गृहले छानविन समिति बनाईसकेको र फेरि बनाईरहनु आवश्यक नरहेको भन्दै मानिरहेको छैन ।

यस्तो छ प्रतिवेदन :



 

प्रतिक्रिया दिनुहोस