अझै तीन दिन वर्षा हुने, केही स्थानमा पहिरोको जोखिम

नदी छेउछाउ र होचा स्थानहरु पनि डुबानमा पर्ने

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, ०९ : ३८
अझै तीन दिन वर्षा हुने, केही स्थानमा पहिरोको जोखिम

काठमाडौं । देशभर अहिले मौसमी बदली भईरहेको छ । धेरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, अझै तीन दिन वर्षा जारी रहने छ ।

नेपाल बाढी सूचनाका अनुसार,  पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लाहरुमा मध्यम वर्षा हुने र चुरेबाट वह्ने नदीहरु बढ्दो रहेकाले छेउछाउ र होचा स्थानहरुमा डुबान हुन सक्छ ।

आज देशैरका प्राय नदीनालाहरु बढ्दो क्रममा रहने पनि पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज बेलुकीपछि कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी, कमला र वागमति र पूर्व राप्ती जलाधारमा वहाव उच्च हुने र सर्तकता तह पनि पुग्न सक्ने सम्भावना छ ।

देशैभरका पहिरोग्रस्त पहाडी क्षेत्रहरुमा भएर वहने स–साना खोलाहरुमा पहिरो लेदो सहित आकस्मिक वहावको सम्भावना पनि रहेको बाढी सूचना केन्द्रले जनाएको छ । खासगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५, ६ र ७ को तराईका होचा स्थानहरु डुबानमा पर्न सक्ने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस