ट्रकको ठक्करबाट पुर्वि चितवनमा १ जनाको मृत्यु, एक घाईते

सफल खबर संवाददाता

बुधबार, २५ असार २०७६, २२ : ०१

चितवन । ट्रकले ठक्कर दिदा चितवनमा १ जनाको मृत्यु भएको छ । रौतहट चन्द्रनिगाहापुर नगरपालिका ८ का ३५ वर्षीय दुःख माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ गईरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्नेक्रममा माझीलाई वुधवार राति ८ः ४० बजे ठक्कर दिएको थियो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति ९ः ४० बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिए । 
उनको सव अहिले भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 
ठक्करबाट अर्का एक घाईते भएका छन । मृतक दुखसँगै हिडीरहेका चन्द्रनिगाहापुर ८ कै ४५ वर्षीय गोविन्द माझिको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । 
ठक्कर दिएर फरार ट्रकको खोजीकार्य चलीरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस