अमेरिकी दूतावासमा सूचना पुर्‍याउँथे कांग्रेसका नेता गगन थापा

सफल खबर संवाददाता

बुधबार, २५ असार २०७६, १२ : ५८
अमेरिकी दूतावासमा सूचना पुर्‍याउँथे कांग्रेसका नेता गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सेलिब्रेटी नेता गगन थापाले अमेरिकी दूतावासमा नेपाल सम्बन्धी सूचना दिने गरेको खुलेको छ । थापालाई अमेरिकाको एउटा पुरानो प्रतिवेदनले नाम नै किटान गरेर नेपालको मुख्य सम्पर्क सुत्र भनेको छ ।

सन् २००८ मा ‘Nepal: Countdown continue: 38 Days till CA Elections’ शिर्षकमा तयार पारिएको प्रतिवेदनमा गगन थापालाई ‘Key Embassy Contact’ भनिएको छ । यो प्रतिवेदन अमेरिकी दूताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन ¥याण्डी बेरीले तयार पारेका हुन् । बेरी अहिले नेपालका लागि अमेरिकी राजदूत छन् । 
यो प्रतिवेदन त्यति बेलाको हो, जतिबेला नेपालमा पहिलो संविधान सभाको निर्वाचन भईरहेको थियो । त्यस बेला तत्कालिन नेकपा माओवादीको केन्द्र वरिपरि राजनीति घुमिरहेको थियो । सो समयमा नेपालका महत्वपूर्ण सूचना लिन अमेरिकी दूतावासले गगन थापाको सहयोग लिएको प्रतिवेदनमा उल्लेख छ ।

थापालाई नेपाली कांग्रेसको मूख्य सम्पर्क सुत्रका रुपमा प्रयोग गरेर नेपालमा पहिलो संविधानसभाको निर्वाचन हुनुभन्दा पहिला तयार पारिएको प्रतिवेदनमा नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउन नसक्ने उल्लेख गरिएको छ । 

लौ हेर्नुहोस् प्रतिवेदन,

प्रतिक्रिया दिनुहोस