भोजपुरको हटियामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

एक जना प्रहरी र एक जना विप्लव कार्यकर्ताको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २५ असार २०७६, १० : ३७
भोजपुरको हटियामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

काठमाडौं । भोजपुरको सदरमुकाम नजिकैको हटियामा प्रहरी र नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

गुप्तचरका रुपमा रहेका प्रहरीमाथी विप्लव कार्यकर्ताले आज बिहान ८ वजे गोली हानेपछि भएको गोली हानाहानमा दुबै तर्फका एक एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा घुमुवाका रूपमा रहेका प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले टेलिफानेमा जानकारी दिए ।

उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको मृत्यु भएको छ, जवाफी कारवाहीमा विप्लवका कार्यकर्ता पनि एक जना मारिएका छन् ।’  अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस