काठमाडौं । हालै काठमाडौँका विभिन्न स्थानहरूमा भएका बम काण्डका घटना पश्चात सरकारबाट देशको शान्ति सुरक्षा कायम राख्न घातक तत्त्वहरू माथि गोली ठोक्ने आदेश पाएको प्रहरीले नेपल कम्युनिस्ट पार्टी विप्लपका कोर मेम्बर रहेका गुल्मी रूपाकोटका पुष्करनाथ गरैलाई सुट अन साइडको वारन्ट जारी गरी ब्यापकरूपमा खोजिगरिरहेको खबर प्राप्त भएको छ।
एक विशेष सुत्रबाट जानाकारी पाए अनुसार विप्लपका अत्यन्त विश्वासपात्र कोरमेम्बरको रूपमा रहेका पुष्करनाथ गैरे पार्टी भित्र वार स्ट्राटेजिस्ट र एक्सन प्लानका योजनाकार हुन । हाल भएका घटनाहरूमा उनको प्रमुख हात रहेको विश्वास प्रहरीले गरेको छ । ससस्र आक्रमणको योजना बनाउने र एक्सनका लागि युवाहरू परिचालन गर्ने कार्य गर्दै आएका पुष्करनाथ गैरे पार्टीलाई चाहिने हातहतियार गोला बारूद खरीदका लागि आर्थिक फण्ड जम्मा गर्ने कार्यमा पनि सक्रियरूपले लागिपरेका छन् भन्ने सुराग प्रहरीले प्राप्त गरे पछि कामरेड गैरेलाई हिट लिस्टमा राखि सुट अन साइडको सर्च वारन्ट जारिगरिएको सुत्रले बताएको छ ।
बाह्र वर्षे युद्धकालमा पनि बम बनाउने र युद्ध परिचालन गर्ने जिम्मेवारी सम्हालेका पुष्करनाथ गैरे शान्ति सम्झौता पछि पार्टी फुट्दा वैद्य माओवादी तर्फ गए र ससस्र संघर्ष बाट मात्र जनताको राज्यशत्ता स्थापना हुन सक्छ र किसान मजदूरको सरकारले मात्र जनतालाई मुक्ति दिन सक्छ । यो दलाल नोकरशाही व्यवस्था फाल्नु पर्छ भनेर कामरेड विप्लपको साथमा बुलन्द आवाज उठाउने पुष्करनाथ गैरे पुन: पार्टी फुट्दा वैद्य माओवादीबाट विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीमा खेमामा पूगे । विप्लपका दाहिने हातका रूपना रहेका अत्यन्त विश्वास पात्र योजनाकार पुष्करनाथ गैरे देशको शान्तिसुरक्षाको लागि घातक रहेको प्रहरीको ठहर छ । त्यसैले सरकारले गैरेलाई सुट अन साइडको सर्चवारन्ट जारी गरेको सुत्रको दाबि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०७६, ०८ : २०
लेखकबाट थप