शिवपुरी निकुञ्ज विस्तार गर्न मानव बस्ती सार्ने तयारी

शिवपुरी नागार्जुन राष्टिय निकुञ्जले घेरिएको पाँच मानब बस्तीलाई स्थानान्तरण गर्नू पर्ने प्रतिवेदन

सफल खबर संवाददाता

बुधबार, २५ असार २०७६, ०८ : १२
शिवपुरी निकुञ्ज विस्तार गर्न मानव बस्ती सार्ने तयारी

काठमाडौं । यो कुनै दुर्गम जिल्लाको कथा होइन, संघीय राजधानी काठमाडौ जिल्लाकै कुरा हो । अझ देशको प्रसाशनिक मूख्यालय सिंहदरबार भन्दा करीब २० किलोमिटर दुरीमा रहेको गोकर्णेश्वर नगरपालिका वडानम्बर १ स्थित ओख्रेनी गाउँको कथा र व्यथा दुबै हो । जहाँका स्थानीय समुदायहरु आफनो पुख्र्याैली भूमि कतिखेर छोड्नु पर्ने हो,  अहिलेसम्म त्रासमा बाचिरहेका छन् । बन तथा वातावरण मन्त्रालय अन्तर्गतको शिबपुरी नागार्जुन राष्ट्रिय निकुन्जको एक अध्ययन प्रतिवेदनमा यी मानव बस्ती अन्यत्र सार्नु पर्ने उल्लेख भए पछि  स्थानीय बासिन्दामा त्रास फैलिएको हो । शिबपुरी नागार्जुन राष्टिय निकुन्जले घेरिएको चिलाउने, कुने, मूलखर्क, ओखरेनी र सानो ओखरेनी जस्ता पाँच मानब बस्तीलाई स्थानान्तरण गर्नू पर्ने प्रतिवेदनमा जनाइएको छ । मानब बस्तीका कारण निकुञ्ज अतिक्रमणमा परेको काठमाडौमा हाल आपुर्ती भइरहेको सुन्दरीजल खानेपानीको मुहान प्रदुषित बनेको आदि कारण जनाएर बस्ती स्थानान्तरण गर्नू पर्ने तर्क अगाडि सारिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष राम मानन्धर शिबपुरी नागार्जुन राष्टिय निकुन्ज भित्र मानब बस्ती भएबाट आवात जावतमा कठीनाई भएको हुँदा बस्ती स्थानान्तरण नै उचित बिकल्प भएको बताउँछन् । ओख्रेनीका जनताको जीवनस्तर अत्यन्त जोखिममा छ । त्यहाँ उत्पादनका साधनहरु पर्याप्त छैनन् । कृषिबाली पनि त्यति राम्रो हुँदैन । यसकारण योजनाबद्ध बस्ती स्थानान्तरण नै उचित बिकल्प हो ।

तर पछिल्लो समयमा आवतजावतका लागि सडक बिस्तार गरिएको छ भने त्यहाँका गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । बस्ती स्थानान्तरणका सम्बन्धमा यहाँका बासिन्दाहरु बीच दुई थरीका धारणाहरु छन् ।  एक पक्ष उचित क्षतिपुर्ति र बस्ती स्थानान्तरणको विकल्प प्राप्त भएमा स्थानान्तरण हुन राजी भएको कुरा गर्छन् भने अर्का थरी पुस्तौ देखि बसोबास गर्दै आएको भूमि, भूक्षेत्र छोड्नु भनेको इतिहास, धर्म, संस्कृति र जातीय पहिचान मास्नका लागि मन्जुरी हुनु हो भन्ने तर्क गर्दछन् । त्यहाँको मानब बस्ती कहिले देखि त्यहाँ आवादी थियो भन्ने सम्बन्धमा एकीन इतिहास छैन । तथापि त्यहाँ बसोबास गरीरहेका स्थानीय बासिन्दाहरु पुस्तौ देखि त्यहाँ बसोबास गरिरहेको बताउँछन् । आदिवासी तामाङ समूदायको बसोबास रहेको त्यस क्षेत्रमा राज्यको अस्तित्व हुन भन्दा नै अगाडि देखि बसोबास गर्दै आएको केहीको दावी छ ।

‘हाम्रै पिता पुर्खाले यो बन जंगल हुर्काएर बढाए, राज्य आएर यो तिमीहरुको जंगल होइन, हाम्रो हो भने । अहिले यही भूमिबाट हामीलाई निकालिदै छ ।’ स्थानीय कृष्णकुमारी तामाङले भने –‘ जिविकाका लागि बन जंगल गर्ने तामाङ समुदाय नै शिबपुरी बनका मालिक हुन् । हामी यहाँ बसेर बनको संरक्षण र आफनो आस्थालाई बचाएका छौ । अन्यत्र बसाईसराई हामीलाई मान्य छैन ।’ उनीहरुले शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज भन्छन् । यसका वरीपरी बस्ने हामीलाई निकुन्जलाई बिस्तार गर्ने नाममा उनीहरुको थातबास खोस्ने प्रपन्च भईरहेको छ ।  स्थानीय अगुवा तथा जेष्ठ नागरिकहरु आफनो जन्मभूमिमा नै आफनो अन्तिम सास फेर्ने धोको रहेको बताउछन् । ‘यही भूमिमा जन्मेका म यही भूमिमा प्राण जाओस लागि रहेको छ ।’ स्थानीय ८१ बर्षिय कर्म लामाले भने– ‘अरु ठाउँ जाँदा हावा पानी नै मिल्दैन, काठमाडौ शहर त मलाई उकुस मुकुस लाग्छ ।’ तर केही व्यक्ति भने उचित क्षतिपुर्ती प्राप्त गरेमा स्थानान्तरण हुन राजी भएको बताउँछन् । ‘शहरमा रोजगारी सहितको थातबास भयो भने म त जान तयार छु । यहाँ अन्न पनि फल्दैन । लगाएको खेतीले खान पनि पुग्दैन ।

बाली फलायो भने पनि जंगली जनाव।रका लागि मात्र हुन्छ । त्यसैले यहाँको बस्ती स्थानान्तरण भएमा मलाई आपत्ति छैन ।’ मूलभूत रुपमा आदिवासी जनजाति तामाङ समुदायको बहुल बसोबास रहेको यस क्षेत्रमा स्वास्थ्य, शिक्षा तथा पूर्वाधारका दृष्टिकोणले पछि परेको छ । तीनै समूदायले यो जंगललाई हुर्काई बढाई गरेर रुख बिरुवाको संरक्षण गर्ने आदिवासी यहाँका समूदायलाई बिस्थापन गर्ने योजना बनाउनु आफैमा बिडम्बनापूर्ण देखिन्छ । नेपालले आइएलओ महासन्धी नम्बर १६९ कार्यान्वयन गरी पराम्परागत भू–थलो र उनीहरुको आस्थाको थातथलोको संरक्षण गरी अधिकार संरक्षण गर्नू पर्नेमा त्यही भूमिबाट बिस्थापन गर्ने प्रपन्च गरिनु आफैमा सुखद समाचार होइन ।

प्रतिक्रिया दिनुहोस